शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकले शिलान्यास गर्यो आफ्नै भवन

सोमबार, १५ मङ्सिर २०७७, १६ : ४३
सोमबार, १५ मङ्सिर २०७७

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माणको लागि भूमी पूजा तथा भवनको शिलन्यास गरेको छ । 

बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गर्नु भएको हो । विकास बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुनेछ भने बैंकको केन्द्रीय कार्यालयले स्थायित्व पाउने छ ।  

उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी तथा ग्राहकहरु र कर्मचारीहरु उपस्थित रहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप