शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा एक पुरुषको शव बरामद, बालकको डुबेर मृत्यु

सोमबार, १५ मङ्सिर २०७७, १६ : २९
सोमबार, १५ मङ्सिर २०७७

रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा ४५ वर्षीय दशैराम चमार मृत अवस्थामा फेला परेका छन् । बिहे ब्रतबन्धको अवसरमा हुने लबण्डा नाच कार्यक्रममा काम गर्ने माधवनारायण ५ मिठुअवाका  ४५ वर्षीय चमारको शव फेला परेको प्रहरीले पुष्टि गरेको  छ ।  उनको शव माधवनारायण नगरपालिका वडा नं. ४ बिसुनपुर्वा मानपुर र वडा नम्वर ५ मिठुअवा गाउँको बीच क्षेत्र बाँसघारीमा फेला परेको हो । आज बिहहान  चमारको शव देखेपछि स्थानीयले  प्रहरीलाई खबर गरेका थिए ।

शवको प्रकृति हेर्दा मुखबाट रगत बगेको र कुटपिट वा अन्य कारणले मृत्यु भएको हुनसक्ने  प्रहरीले अनुमान गरेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धीविक्रम शाहले जानकारी दिए । एसपी शाहले मृतकको शव पोष्टमार्टमको लागि गौर अस्पतालमा लगिएको बताए । घटनबारे थप अनुसन्धान जारी रहेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने उनले बताए । 

त्यस्तै सोही नगरपालिकामा एक बालकको डुबेर मृत्यु भएको छ । माधवनारायण नगरपालिका वडा नं. १ दिपहीका संजय महतोको  १४ महिनाका छोरा निखिल महतो खेल्ने क्रममा आफ्नै घर अगाडीको नालामा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । बिहान ११ बजे नालाको पानीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप