संयुक्त राष्ट्रसंघद्वारा नेपाली शान्ति सैनिकको प्रशंसा

काठमाडौं । शान्ति स्थापनार्थ दक्षिण सुडान तैनाथ नेपाली शान्ति सैनिकले सम्भावित ठुलो जातीय हिंसा हुनबाट जोगाएको भन्दै संयुक्त राष्ट्रसंघले प्रशंसा गरेको छ । कुइबेट इलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको अस्थायी अपरेटिङ बेसबाट यही मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकले त्यहाँका बासिन्दाहरुलाई सम्भावित ठुलो जातीय हिंसाबाट जोगाएका हुन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार गण हेडक्वाटर तैनाथ रहेको स्थान रुम्बेकबाट करिब ७० किलोमिटर उत्तरपश्चिममा रहेको सो इलाकां नजिकै रहेको पशु शिविरमा चोरी गर्न आएको भनिएका कंगोर जातीको एक व्यक्ति झडपमा मारिएपछि कंगोर जाती र अयेल जातीका बासिन्दाबीच हिंसाको रुप लिएको थियो ।
हिंसा भड्किन सक्ने खबर प्राप्त भएपछि अस्थायी अपरेटिङ बेसबाट सहसेनानी विज्ञान विष्टको कमाण्डमा खटिएको ‘क्विक रिएक्सन फोर्स’ उक्त हिंसाग्रस्त क्षेत्रमा परिचालन भइ दुई पक्षबीच झडप हुनबाट जोगाएको बताइएको छ । सो इलाकामा सुरक्षा स्थिति साम्य भएपपछि युएन मिशनका अन्य अंगहरुले त्यहाँस्थित विभिन्न जातीय समुदायहरुबीच शान्ति कायम गराउने कार्य सुरु गरेका थिए ।
जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रिएको उक्त मूलुकमा यस प्रकारका घटनाको पुनराबृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले गरेको योगदानलाई संयुक्त राष्ट्रसंघबाट उच्च प्रशंसा भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीमाटीको काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी
-
जयराज लिम्बुसहित सयौँ माओवादी केन्द्र प्रवेश
-
कन्डम किन्दा १४ करोड बाहिरियो, १ करोड ८६ लाख थान आयात
-
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सकियो
-
किन पर्यो नेपाल सम्पत्ति शुद्धीकरणको खैरो–सूचीमा ?
-
फागुन २० देखि लुम्बिनीमा त्रिपिटक वाचन गरिने