रौतहटमा मिनी बससहित अवैध काठ बरामद
रौतहट । डिभिजन वन कार्यालय रौतहटले अवैध काठ सहितको एउटा मिनी बस बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला डिभिजन वन कार्यालयबाट गएको गस्ती टोलीले उक्त अवैध काठसहितको मिनिवस बरामद गरेको हो । जिल्लाको बाग्मती सवडिभिजन वन कार्यलय अन्तर्गतको क्षेत्रबाट ६० क्युफिट चिरान काठसहित बा १ ख ६४४२ नम्बरको मिनी बस बरामद गरिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिएका छन् ।
डिभिजन वन कार्यालय का अधिकृत रामप्रसाद साह ,मधुकान्त सिंह र बाग्मती डिभिजन वनका कर्मचारीको सक्रियतामा ४९ थान चिरान गोलिया बराद गरिएको प्रमुख सिंहले जानकारी दिए । बागमती खोलामा ट्युवमा बगाएर ल्याएर नुनथर क्षेत्रमा रातीको समयमा बसमा लोड गरेर लान लागेको अवस्थामा गस्ती टोलीले काठ बरामद गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । बरामद काठ र मिनी बस आवश्यक कार्वाहीको लागी डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा
-
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री