शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो मौसममा हरेक समस्याको औषधिः अलैँची

सोमबार, १५ मङ्सिर २०७७, १३ : ३७
सोमबार, १५ मङ्सिर २०७७

एजेन्सी – धेरैजसो व्यक्तिहरु चिसो सुरु भएसँगै विभिन्न समस्याबाट पीडित हुने गर्छन् । सास फेर्न समस्या हुने, रुघाखोकी लाग्ने, कफ आउने, छातीमा समस्या हुने जस्ता समस्याबाट प्रायः सबैलाई चिन्तित बनाउँछ । यसका लागि सबै समस्यामा अलैँची खाने गर्नुपर्छ । 

यसका फाइदाहरुः
१. मौसमी इन्फेक्शन
अलैँचीमा एन्टिइन्फ्लेमेटरी, एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोबियल जस्ता गुणहरु पाइन्छ । जसले स्वासप्रश्वास प्रणालीलाई मजबुत बनाउँछ । जसले हरेक प्रकारका संक्रमणबाट बचाउँछ । 

२. रुघाखोकी
अलैँची आयुर्वेदिक औषधि हो । यसको प्रयोगले रुघाखोकी कम हुन्छ । यसले स्वास नलीमा हुने अनावश्यक बलगम हटाउँछ । सर्सिउँको तेलमा एउटा अलैँची खाँदा रुघाखोकीको समस्या कम हुन्छ । 

३.मुटु स्वस्थ राख्न
अलैँचीमा हुने पोटाशियम, क्याल्शियम र म्याग्नेशियम र मिनरल्स जस्ता पदार्थहरुले मुटु स्वस्थ राख्छ । यसका साथै, अलैँचीले उच्च रक्तचाप पनि नियन्त्रणमा राख्छ । साथै, यसले शारीरिक र मानसिक स्वास्थ्यलाई पनि स्वस्थ राख्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप