मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

सोमबार, १५ मङ्सिर २०७७, १३ : १९
सोमबार, १५ मङ्सिर २०७७

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका  बसन्तपुरमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गरेको छ । चन्द्रनिगाहपुराबाट गौर जान लागेको ना ३ ख ५७२२ नम्बरको ट्रकले आज बिहान ठक्कर दिँदा ६५ वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो ।

ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका वडानं ८ मोतीपुरकी ६५ वर्षकी देवकी आचार्यको ज्यान गएको  रौतहट प्रहरी  प्रमुख एसपी  सिद्धीबिक्रम शाहले जानकारी दिएका छन्  । ठक्कर दिने चालक र ट्रक ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको एसपी शाहले बताए  । घटनाबारे आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप