‘रेड वाइन’ मा अब पुष्प र साम्राज्ञीको रोमान्स
सोमबार, १५ मङ्सिर २०७७, १३ : १३
काठमाडौं । फिल्म ‘रेड वाइन’मा अभिनेता फेरिएका छन् । फिल्म निर्माण घोषणा समयमा अभिनेता पल शाहको अभिनय रहने बताइएको थियो । तर, छायाँकन तयारी गर्दै गर्दा निर्माण युनिटले फिल्ममा पलको ठाउँमा अभिनेता पुष्प खड्का भित्र्याएको छ ।
फिल्ममा अब पुष्प र साम्राज्ञीको रोमान्स रहनेछ । यो जोडीले यस अगाडि फिल्म ‘मारुनी’ मा सँगै काम गरेका थिए । पलको ठाउँमा पुष्प भित्रिएको बिषयमा निर्माण युनिटले आन्तरिक कारण बताएको छ । रमेश एमके पौडेलले निर्माण गर्न लागेको यो फिल्म प्रेमकथामा बन्न लागेको हो ।
निर्माता रमेशकै निर्देशन रहने फिल्म आर्यन फिल्मस् प्रोडक्शन प्रालि र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको पटकथा र सम्बाद सबिर श्रेष्ठले तयार पारेका हुन् । फिल्म छिट्टै छायाँकन निस्कने निर्माण युटिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’