बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तीनतले कार्यालय भवनको शिलान्यास

सोमबार, १५ मङ्सिर २०७७, १२ : ५०
सोमबार, १५ मङ्सिर २०७७

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन शिलान्यास भएको छ । सोमबार महानगरपालिकाको वडा नम्बर ५ स्थित नारायणपुरमा तीनतले कार्यालय भवनको शिलान्यास भएको हो ।

भवनको शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले वडा कार्यालय भवन गुणस्तरीय ढंगले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै महानगरका प्राविधिकहरुलाई भवन निर्माणको गुणस्तरलाई कडाइका साथ नियमन र अनुगमन गर्न निर्देशन दिइन् ।

प्रमुख दाहालले महानगरका गौरवका आयोजनाहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, हुलाकी मार्गको स्तरोन्नति, रिङरोड, लिङ्करोड लगायतका काम धमाधम अगाडि बढिरहेको बताउँदै वडा कार्यालयहरु वडावासीकै आवश्यकता र सुझावका आधारमा निर्माण सुरु गरिएको जानकारी दिइन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुर महानगरपालिकाले ब्यवस्थित र सुविधासम्पन्न कार्यालयहरुबाट मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने मान्यताका साथ वडा कार्यालय निर्माणलाई तिव्रता दिएको बताए । 


कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष तथा प्रवक्ता अरूणपीडित भण्डारी, वडा नम्बर ६ का अध्यक्ष हरिविलास कोइराला र वडा नम्बर ४ का अध्यक्ष हरि आचार्यले समयमै भवन निर्माण गरी नयाँ भवनबाट सेवा शुभारम्भ गर्न शुभकामना दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप