नेप्सेमा कुमारी बैंक, साल्ट ट्रेडिङ र रिडि हाइड्रो पावरको सेयर मूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन वटा कम्पनीको सेयर मूल्य समायोजना भएको छ । कुमारी बैंक, साल्ट ट्रेडिङ्ग कर्पोरेशन र रिडी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो । यी तीनै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले कुमारी बैंक को १०.८५ प्रतिशत बोनस शेयर समायोजन गरेको छ । बैंकको शेयरमूल्य २७३ रुपैयाँ कायम गरेको छ । यहि मूल्यलाई आधार मानेर सोमबार कारोबार हुनेछ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्य ३ सय ३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । कुमारी बैंकले गत आर्थिक वर्षको कमाइबाट हाल कायम चुक्ता पूँजीको ३.१५ प्रतिशत नगद लाभांश तथा १०.८५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारणसभा डाकेको छ ।
त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेशनको २५ प्रतिशत बोनस शेयर समायोजन गरी कम्पनीको शेयरमूल्य ६ हजार रुपैयाँ तोकेको छ । आइतबार कम्पनीको शेयर ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । साल्ट ट्रेडिङ्गले २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव सहित मंसिर ३० गते साधारण सभा डाकेको छ ।
यता, रिडी हाइड्रोपावरको पनि ५ प्रतिशत बोनस शेयरपश्चात कम्पनीको शेयरमूल्य १ सय ६८ रुपैयाँ कायम भएको छ । कम्पनीको आइतबार १ सय ७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यी तीनै कम्पनीको समायोजनक मूल्यको आधारमा सेयर कारोबार खुल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण