मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेमा कुमारी बैंक, साल्ट ट्रेडिङ र रिडि हाइड्रो पावरको सेयर मूल्य समायोजन

सोमबार, १५ मङ्सिर २०७७, ११ : ०९
सोमबार, १५ मङ्सिर २०७७

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन वटा कम्पनीको सेयर मूल्य समायोजना भएको छ । कुमारी बैंक, साल्ट ट्रेडिङ्ग कर्पोरेशन र रिडी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो । यी तीनै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले कुमारी बैंक को १०.८५ प्रतिशत बोनस शेयर समायोजन गरेको छ ।  बैंकको शेयरमूल्य २७३ रुपैयाँ कायम गरेको छ । यहि मूल्यलाई आधार मानेर सोमबार कारोबार हुनेछ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्य ३ सय ३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । कुमारी बैंकले गत आर्थिक वर्षको कमाइबाट हाल कायम चुक्ता पूँजीको ३.१५ प्रतिशत नगद लाभांश तथा १०.८५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारणसभा डाकेको छ । 

त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेशनको २५ प्रतिशत बोनस शेयर समायोजन गरी कम्पनीको शेयरमूल्य ६ हजार रुपैयाँ तोकेको छ । आइतबार कम्पनीको शेयर ७ हजार ५ सय  रुपैयाँमा कारोबार भएको थियो । साल्ट ट्रेडिङ्गले २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव सहित मंसिर ३० गते साधारण सभा डाकेको छ । 

यता, रिडी हाइड्रोपावरको पनि ५ प्रतिशत बोनस शेयरपश्चात कम्पनीको शेयरमूल्य १ सय ६८ रुपैयाँ कायम भएको छ । कम्पनीको आइतबार  १ सय ७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यी तीनै कम्पनीको समायोजनक मूल्यको आधारमा सेयर कारोबार खुल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप