सुनसरीमा एक किशोरको शव फेला, अपहरणपछि हत्या गरेको आशङ्का
सुनसरीमा एक किशोरको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सुनसरीको दुहबीमा मसिंर १० गतेदेखि बेपत्ता भएका किशोरको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
दुहबी–२ स्थित शुभलक्ष्मी खाद्य उघोगको पछाडि हत्या गरिएको अवस्थामा १७ वर्षीय सुजन नारायण चौधरीको शव बिहान ५ बजे भेटिएको सुनसरीका प्रहरी प्रमुख कमल थापाले बताए ।
कक्षा ११ मा अध्ययनरत चौधरीलाई अपहरण गरी हत्या गरिएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । ‘मृतकको अनुहार, टाउको र संवेदनशील अङ्गमा गहिरो चोट देखिन्छ । ढुङ्गाले हानेर हत्या गरेको हुनसक्छ,’ थापाले भने ।
बेपत्ता भएकै दिन मृतक सुजनको आमाको मोबाइलमा अज्ञात व्यक्तिले 'तिम्रो छोरा म सँग छ, पैसा दिनुपर्छ' भनेर धम्की आएको परिवारले जनाएको छ । धम्की आएपछि इलाका प्रहरी कार्यालय दुहबीमा घटनाकोबारे जानकारी गराइएको थियो ।
सुजनको खोजतलास गर्ने क्रममा शव भेटिएको थापाले बताए । मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
प्रहरीले सुजनको हत्यामा संलग्न हुनसक्ने आशङ्कामा केही व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको छ । यद्यपि नियन्त्रणमा लिएको व्यक्तिहरुको पहिचान भने खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो