पूर्वी नेपालबाट ‘कृष्ण–लीला’ सुरु
काठमाडौं । फिल्म ‘कृष्ण–लीला’को सुटिङ सुरु भएको छ । दशै अगाडि एक कार्यक्रमका बीच निर्माण घोषणा भएको फिल्मको सुटिङ शुक्रबारदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको हो ।
फिल्मको सोमबार भने इलाममा सुटिङ भईरहेको छ । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको यतिबेला ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको रोमान्टिक गीत छायाँकन भइरहेको कार्यकारी निर्माता रत्न श्रेष्ठले जानकारी दिए ।
गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा श्रेत्री रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । अन्जु पन्त र सुगम पोखरेलको स्वर र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानले गरेका हुन् ।
आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण–लीला’मा पुष्प र श्रद्धाको अलवा बुद्धि तामाङ, रबिन्द्र झा, नविन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको मुख्य भुमिका रहनेछ । फिल्मको सम्पूर्ण छायांकन पूर्वी नेपालमै सकाइने निर्माण जुनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र