बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अब रणवीर कपूर र आलिया भट्ट एउटै अपार्टमेन्टमा

सोमबार, १५ मङ्सिर २०७७, १० : १४
सोमबार, १५ मङ्सिर २०७७

एजेन्सी – बलिउड अभिनेत्री आलिया भट्ट र उनका प्रेमी तथा बलिउड अभिनेता रणवीर कपूर छिमेकी बनेका छन् । हालै आलियाले ३२ करोड (भारतीय रुपियाँ) मा एक फ्ल्याट किनेकी छिन् । उक्त फ्ल्याट वास्तु पाली हिल कम्प्लेक्समा रहेको छ । त्यसै कम्प्लेक्समा रणवीर कपूर पनि बस्दै आएका छन् । 

अब आलिया उक्त अपार्टमेन्टको पाचौँ तलामा बस्ने छिन् भने रणवीर कपूर पनि त्यसै अपार्टमेन्टको सातौँ तलामा बस्ने गर्छन् । 

आलियाको जुहू क्षेत्रमा एउटा फ्ल्याट छ । उनले उक्त फ्ल्याट १३ करोड ( भारतीय रुपियाँ) मा किनेकी थिइन् । उक्त फ्ल्याटमा उनकी बहिनी पनि बस्ने गर्छिन् । उनले उक्त फ्ल्याट सन् २०१९ मा किनेकी थिइन् । भारतबाहेक लण्डनमा पनि उनको सम्पत्ति रहेको छ । मिडिया रिपोर्टका अनुसार आलियाले लण्डनमा सन् २०१८ मा सम्पत्ति खरिद गरेकी थिइन् । 

आलियाले किनेको नयाँ घरको इन्टेरियर डिजाइनको जिम्मा गौरी खानले लिएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप