शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चकलेटको खोल र मोबाइलभित्र सुन, विमानस्थलबाट एक जना पक्राउ

सोमबार, १५ मङ्सिर २०७७, ०८ : ३५
सोमबार, १५ मङ्सिर २०७७

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध सुनको कारोबार गर्ने एकजनालाई पक्रेको छ । दुवईबाट एयर अरेबियाको विमानमा काठमाडौँ आएका इद्र बहादुर बोहोरालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । 

बोहोराले मोबाइलको ब्याट्री बक्स र चकलेटको खोलमा लुकाएर अवैध सुन ल्याएको महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए । 

रुकुम घर भएका बोहोराको साथबाट प्रहरीले २ सय दशमलव १८० ग्राम पाता बनाएको सुन बरामद गरेको छ । उनलाई सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप