प्रिमियर लिग : युनाइटेडको उत्कृष्ट पुनरागमन, स्पर्स शीर्ष स्थानमा
एडिसन कभानीको प्रेरणामा म्यान्चेस्टर युनाइटेडले साउथह्याम्पटनबिरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ । आइतबार भएको खेलमा युनाइटेडले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै ३–२ को जीत हासिल गरेको हो ।
मार्कस ग्रीनवुडको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका ३३ वर्षीय उरुग्वेयन स्ट्राइकरले दुई गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गर्दै युनाइटेडलाई जीत दिलाए ।
यसअघि जेम्स वार्ड प्राउसेले साउथह्याम्पटनलाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाएका थिए । २३ औँ मिनेटमा जान बेडनारेकलाई गोलको अवसर सिर्जना गरेका उनले १० मिनेटपछि फ्रिकिकबाट गोल गर्दै साउथह्याम्पटनको अग्रता दोब्बर दोस्रो बनाए ।
तर, दोस्रो हाफमा भने युनाइटेड खेलमा फर्कियो । ६० औँ मिनेटमा कभानीको पासमा ब्रुनो फर्नान्डेजले एक गोल फर्काए भने ७४ औँ मिनेटमा कभानाले बराबरी गोल गरे । इन्जुरी समयमा अर्को गोल थप्दै कभानीले युनाइटेडलाई ३ अंक दिलाए । खेलमा युनाइटेडले गोलकिपर डेभिड डिगेयालाई घाइते हुँदै गुमाएको थियो ।
युनाइेडले आफ्नो इतिहासमा पहिलोपटक घरेलु मैदान बाहिर खेलिएका लगातार ८ खेल जित्न सफल भएको छ । जीतपछि युनाइटेड लिगको आठौँ स्थानमा उक्लिएको छ । साउथह्याम्पटन पाँचौ स्थानमा छ ।
उता, लण्डन डर्बीमा टोटनह्याम र चेल्सीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । बराबरीका बावजुद टोटनह्याम प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । दुई टोलीबीच सन् २०१५ पछि पहिलोपटक गोरहित बराबरी भएको हो ।
स्पर्स पछिल्लो ९ तथा चेल्सी पछिल्ला ८ खेलमा अपराजित रहेको छ । १० खेलपछि स्पर्स र चेल्सीको समान २१ अंक रहेको छ । तर, गोलअन्तरको आधारमा स्पर्स अघि रहेको छ ।
अन्य खेलमा आर्सनल भने वुल्भससँग २–१ ले पराजित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि