महासंघको सदस्य मनोनयनमा विवाद हुने संकेत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहिलो बैठकमै गुटगत लफडाको संकेत देखिएको छ । महासंघको कार्यकारिणी समितिको सपथ ग्रहणसँगै भएको पहिलो बैठकमै ढकाल समूह र गोल्छा समूहबीच गुटगत विवादको संकेत देखिएको हो ।
खासगरी, कार्यकारिणी समितिले मनोनित गर्नुपर्ने विशिष्ठ सदस्य, मानार्थ सदस्य र अन्य सदस्यहरुको मनोनयनका सम्बन्धमा विवाद देखिएको हो । अघिल्लो कार्यकालमा चण्डीराज ढकालले विशिष्ट सदस्य थिए । पूर्व अध्यक्षबाट मनोनित हुने सो पदमा गोल्छा समूहले पशुपति मुरारकालाई मनोनित गरिएको छ ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधानलाई मानार्थ सदस्य बनाउन लागिएको छ । त्यस्तै, कोषध्यक्षको निर्वाचन तथा अन्य कार्यकारिणी सदस्यहरुको मनोनयनमा सहमति गर्ने कि मतदान गर्ने भन्ने सम्बन्धमा दुई पक्षबीच विवाद भएको हो ।
नवनिर्वाचित कार्यकारिणी समितिमा गोल्छा समहूहको बहुमत छ । त्यसैले सो समूहले सबै पदमा मतदान चाहिरहेको छ । ढकाल समूह भने सहमतिका साथ अघि बढ्नुपर्ने पक्षमा देखिएको छ ।
केन्द्रीय सदस्य मध्येबाट एकजना निर्वाचित हुने कोषाध्यक्षका लागि सोमबार निर्वाचन गर्ने तयारी गरिएको सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी
-
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक