पार्टी एक ढिक्का हुनेमा ढुक्क छु : वरिष्ठ नेता खनाल
आइतबार, १४ मङ्सिर २०७७, २० : २५
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एक ढिक्का हुनेमा ढुक्क रहेको बताएका छन् । सूर्योदय नगरपालिकामा नेकपाका कार्यकर्तासँगको भेटमा नेता खनालले पार्टी एक जुट बनाउन आफू लागी पर्ने उल्लेख गरे । उनले पछिल्लो समय नेकपाभित्र अन्तरसङ्घर्ष बढे पनि पार्टी एकताबद्ध बनाउनका लागि भइरहेको छलफलका रूपमा बुझ्न अनुरोध गरे ।
“पार्टी नै फुट्छ भन्ने हल्ला चलिरहेका छन् तर आन्तरिक समस्या हल गर्नका लागि छलफल मात्र भएको हो” खनालले भने, “अन्तरसङ्घर्षले पार्टीलाई अझ मजबुत बनाउँछ भन्ने बुझ्नुपर्छ ।”
उनले पछिल्लो समय पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रतिवेदनसमेत आफूहरू अध्ययनमा रहेको बताए । उनले प्रतिवेदन अध्ययनपछि अझ नयाँ ढङ्गले पार्टी एकता हुने विश्वास आफूले गरेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान
-
काठमाडौँ महानगरको सिप मेलामा प्रशिक्षण लिनेको सङ्ख्या १० हजारभन्दा बढी
-
भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित
-
उपनिर्वाचनमा जमानत जफत भएपनि ‘एकलौटी सरकार’को मिसनमा रास्वपा
-
नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी किन आवश्यक छ ?
-
सर्लाहीका आगलागी पीडितलाई सशस्त्रको राहत