बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा अफिम सहीत २ पक्राउ १२ लाखको सुकमेल बरामद

आइतबार, १४ मङ्सिर २०७७, १९ : ५१
आइतबार, १४ मङ्सिर २०७७

बारा । बाराको कोल्हवी नगरपालिका बाट प्रहरीले लागुऔषध अफिम सहित २ जनालाई पक्राउ गरेको छ । त्यसैगरी पथलैयाबाट प्रहरीले ठूलो परिमाणमा सुकमेल बरामद गरेको छ ।

बिषेश सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिरगंजका सई तुलप्रसाद पुडासैनी र ईलाका प्रहरी कार्यालय कोलह्वीको संयुक्तटोलीले कोल्हवी नपा नपा ६ पर्सौना बजारमा चेकजाँचको क्रममा २ किलो ७०० ग्राम अफिम सहीत २ जनालाई पक्राउ गरेको छ ।

नम्बर नखुलेको मोटरसाईकलमा आएका जितपुर सिमरा उपमहा नगरपालिका १६ का दुर्गा मोक्तान र पछाडी बसेका सोही ठाँउका रबी सिजालीले लुकाई छिपाई राखेको उक्त परिमाणको अफिम बरामद गरेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बताएका छन् ।


उनीहरुमाथी लागुऔषध सम्बन्धी मुद्धा दर्तागरी कार्वाही प्रकृया अगाडी बढाईएको छ ।

त्यसैगरी नारायणघाट बाट काँकडभिटा तर्फ गईरहेको यात्रुवाहक बसको छतमाथी कुखुराको दानाको बोरामा राखेर लगीरहेको २६ बोरा सुकमेल प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय पथलैयाको टोलीले पथलैया राजमार्गमा बरामद गरेको बेवारीसे अवस्थाको १२ लाख रुपैया पर्ने ६कुईन्टल सुकमेल आवशयक कार्वाहीको लागी बिरगंज भन्सार कार्यालय पठाईएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप