बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुर टी-२० टुर्नामेन्ट : जलेश्वर र जनकपुर क्रिकेट एकेडमी विजयी

आइतबार, १४ मङ्सिर २०७७, १९ : ४९
आइतबार, १४ मङ्सिर २०७७

जनकपुर । जनकपुर टी २० टुर्नामेन्ट अन्तर्गत आइतबार भएको बेग्लाबेग्लै खेलमा जलेश्वर क्रिकेट टिम र जनकपुर क्रिकेट एकेडमी विजयी भएको छ । 

जलेश्वर क्रिकेट टिमले रामगोपालपुर राइनो टिमलाई ४ विकेटले पराजित गरि बिजय भएको हो । रामगोपालपुर राइनोले दिएको ८३ रनको लक्ष्य जलेश्वरले अरुण मण्डलको ३६ र हरेराम झाको १९ रनको सहयोगमा १३ औँ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । 


रामगोपालपुर राइनोको बलिंगमा कैलाश मण्डल, मनिष मण्डल र आकाश पाण्डेले २/२ विकेट लिएका थिए । यस अघि व्याटिंग गरेको रागोपालपुर निर्धारित २० ओभरमा मात्र ८२ रनको स्कोर खडा गर्न सकेको थियो । रामगोपालपुरका लागि अभिशेक यादव र आकाश पाण्डेले १६/१६ दीपु कर्णले १२ रन बनाउनु अतिरिक्त अन्य कुनै ब्याट्समैन दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
 
रामगोपालपुरलाई सस्तैमा समेट्न अभिशेक तिववारीले ३ र अरुण ठाकुरले २ विकेट लिएका थिए । त्यस्तै अर्को खेलमा गौरीपुर क्रिकेट एकेडमीलाई जनकपुर क्रिकेट एकेडमीले ६ विकेटले पराजित गरेको छ । 

गौरीपुरले दिएको १ सय ३ रनको लक्ष्य जनकपुर क्रिकेट एकेडमीले मात्रै ४ विकेटको क्षतिमा पूरा गरेको थियो । जनकपुरका लागि शोभाकान्त पाण्डेले २९, हरिशंकर साहले २८ रनको योगादन गरेका थिए । 
गौरीपुरको बलिंगमा अमित कुश्वाहाले २ विकेट चटकाएका थिए । 

यस अघि ब्याटिंग गरेको गौरीपुर अमित कुश्वाहाको ३६, पंकज दासको २५ रनको सहयोगमा १ सय २ रनको स्कोर खडा गरेको थियो । जनकपुरको बलिंगमा सुजित मण्डल र हरिशंकर साह ३(३ विकेट लिन सफल भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप