बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद विद्या भट्टराईले सार्वजनिक गरिन् एकवर्षे योजना र उपलब्धि

आइतबार, १४ मङ्सिर २०७७, १९ : ०४
आइतबार, १४ मङ्सिर २०७७

पोखरा । कास्की–२ की प्रतिनिधिसभा सांसद विद्या भट्टराईले आफ्नो एक वर्षे कार्याकालको फेहरिस्त सार्वजनिक गरेकी छिन् । आइतबार पत्रकार सम्मेलन मार्फत भट्टराईले आफ्नो एक वर्षे योजना र उपलब्धि सार्वजनिक गरेकी हुन् । तत्कालीन नागरिक उड्डयन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटनामा परि दिवंगत बनेपछि प्रतिनिधि सभामा इन्ट्री मारेकी थिइन् । प्रतिनिधि सभा सदस्यको रुपमा भट्टराई संसद छिरेपछि उनले पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रको फेहरिस्त सार्वजनिक गरेकी हुन् । 

२०७७/०७८ मा संघ सरकारबाट कास्की क्षेत्र नम्बर २ मा विनियोजित योजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पोखराको वरिपरिको हाइकिङ डेस्टिनेसनहरुलाई जोड्ने सर्किट निर्माणलाई निरन्तरता दिने साथै सम्भाव्यता अध्ययन बमोजिम सात प्रदेशमा एक एक स्थानमा हिल स्टेशनको लागि आवश्यक पर्यटकीय पूर्वाधार निर्माण तथा सुधार कार्य सुरु गर्ने रहेको छ । यसैगरी खानेपानी मन्त्रालय अन्तर्गत सबैभन्दा बढी भरतपोखरी, कृस्ती, निर्मलपोखरी सहलगानी खानेपानी आयोजना पोखरा २१ र ३३ जोड्ने योजना अन्र्तगत १ करोड रुपैयाँको रहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका योजनामा सेतीनदी पुल, ग्यजे खोला पुल, फुर्सेखोला पुल लगायतका योजनाहरु रहेका छन् । गत आवमा छुट्याइएका योजनामध्ये अममला बिसौनी, घार्मी, आलेबोट, अम्रेश्वर सडकको ७० प्रतिशत काम सम्पन्न भएको छ । चिसापानी सिँगारेबास, टक्सार सडक, महेन्द्र गुफा अर्मला मौजा सडक मदन आश्रित पार्क लगायतका योजनाका काम पनि अन्तिम चरणमा पुगेका छन् ।


सहरी विकास तथा भवन निर्माण मन्त्रालय अन्तर्गत मेगासिटी कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका राष्ट्र बैंक चोकदेखि विरौटा चोक, मुस्ताङचोकदेखि सहिदचोक हुँदै रत्नचोकसम्मको पेटी तथा सडक सुधार र सोलार जोड्ने, हरियाली पार्क, कास्की जिल्ला सिचाई विकास डिभिजन कार्यालयको भवन निर्माण लगायतका महत्वपूर्ण योजना रहेका छन् । 

यसैगरी, ऊर्जा तथा जलस्रोतर्फ विजपुर खोला लामा डाँडा बेशी लिफ्ट सिँचाइ योजना, काहूँखोला, तल्लोबाट लिफ्ट सिँचाई योजना लगायतका योजना रहेका छन् ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगतका योजनामा लामगादी सडक पुल पोखरा ३३ भरतपोखरी निर्मलपोखरी, छोरेपाटन सडकको लागि ५ करोड ५० लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ । 

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत झलकमान गन्धर्व भलिबल प्रयोगिता बाटुलेचौर,पोखरामा बनाउने योजना रहेको छ । यसैगरि पुन निर्माण प्राधिकरणतर्फ जिल्ला आयोजना कार्यान्वय इकाइ (शिक्षा)कास्कीबाट विद्यालय भवनहरुको स्तरोन्नति गर्ने कार्यक्रम रहेको छ । 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ०७६/७७ अन्र्तगत सामुदायिक भवन तथा मठ मन्दिर, खेल मैदान, बाटो लगायतका योजना रहेका छन् ।  पहिला राजनीति हुँदै प्राज्ञिक कर्ममा सक्रिय भट्टराई उनका पति रवीन्द्र अधिकारी दिवंगत भएपछि राजनीतिमा पुनरागमन गरेकी थिइन् । राजनीतिमा निस्क्रिय जस्तै बनेकी भट्टराईले चुनाव नजित्ने अड्कल बाजी पनि कास्कीमा चुनाव ताका चर्को रुपमा उठेको थियो । 

अरु नेताहरुले जस्तै तपाई पनि कार्यकर्ता खुसी पार्न कै लागि टुक्रे योजना ल्याउनुृ भएको हो ? भन्ने प्रश्नमा सांसद भट्टराइले संघ सांसदलाई जनताले आफ्नो स्वामित्वको रुपमा लिने भएकाले पनि जनताको चित्त बुझाउन साथै पुराना आयोजनालाई निरन्तरता दिनको लागि आयोजनाहरु स साना बनाएर बाँडिएको बताइन् ।  सांसद भट्टराईको निर्वाचन क्षेत्र अन्र्तगत पोखरा महानगरपालिकाका ११ वडा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप