सरकार विघटन गर्ने सपना कसैले नदेखे हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली
आइतबार, १४ मङ्सिर २०७७, १७ : ५३

गुल्मी । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पार्टीभित्रै किचलो निकालेर अहिलेको सरकार विघटन गर्न खोजिएको आरोप लगाउँदै यो सरकार विघटनको सपना कसैलाई नदेख्न चेतावनी दिएका छ्न् । आइतबार गृह जिल्ला गुल्मीको सत्यवती गाउँपालिका १ अस्लेवा खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सो चेतावनी दिएका हुन् ।
अहिलेको सरकार जनताले आफ्नो अभिमत दिएर बनाएको बताउँदै मन्त्री ज्ञवालीले यो सरकारले राम्रो काम नगरे जनताले नै बिघटन गर्न सक्ने तर अरुलाई त्यस्तो सपना नदेख्न उनले चेतावनी दिए । पार्टीको शीर्ष तहमा भएको आरोप प्रत्यारोपप्रति मन्त्री ज्ञवालीले असन्तुष्टी जनाउदै आएका छन् ।
कार्यक्रममा उनले जिल्लाको रुद्रवेणी ठुलोलुम्पेक सडक पिच गर्न रकम बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाए । २०७२ सालमा सुरु गरिएको उप्त योजना रकम अभावका कारण अलपत्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती सभामुख र नेपाली राजदूतबीच शिष्टाचार भेटवार्ता
-
मोबाइल फुटाइदिएपछि छोरीले दिइन् यस्तो बयान, पिता ७ महिना जेलमा बसे
-
कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघको पुनरागमन, सन्तोष पन्त बने सभापति
-
दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्छ: उपप्रधानमन्त्री पौडेल
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव