शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार विघटन गर्ने सपना कसैले नदेखे हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

आइतबार, १४ मङ्सिर २०७७, १७ : ५३
आइतबार, १४ मङ्सिर २०७७

गुल्मी । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पार्टीभित्रै किचलो  निकालेर अहिलेको सरकार विघटन गर्न खोजिएको आरोप लगाउँदै यो सरकार विघटनको सपना कसैलाई नदेख्न चेतावनी दिएका छ्न् ।  आइतबार गृह जिल्ला गुल्मीको सत्यवती गाउँपालिका १ अस्लेवा खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सो चेतावनी दिएका हुन् ।

अहिलेको सरकार जनताले  आफ्नो अभिमत दिएर बनाएको बताउँदै मन्त्री ज्ञवालीले यो सरकारले राम्रो काम नगरे जनताले नै बिघटन गर्न सक्ने तर अरुलाई त्यस्तो सपना नदेख्न उनले चेतावनी दिए । पार्टीको शीर्ष तहमा भएको आरोप प्रत्यारोपप्रति  मन्त्री ज्ञवालीले  असन्तुष्टी जनाउदै आएका छन् ।

कार्यक्रममा उनले जिल्लाको रुद्रवेणी  ठुलोलुम्पेक सडक पिच गर्न रकम बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाए । २०७२ सालमा सुरु गरिएको उप्त योजना रकम अभावका कारण अलपत्र रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप