शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जनआन्दोलन,जनयुद्ध र मधेश आन्दोलनका घाइतेको निःशूल्क उपचार गर्ने सरकारको निर्णय

आइतबार, १४ मङ्सिर २०७७, १७ : ४३
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । सरकारले जनआन्दोलन २०६२/६३, जनयुद्ध तथा मधेश आन्दोलनका क्रममा गोली तथा बमको छर्रा लागेका पहिचान नभएका ब्यक्तिहरु पहिचानका लागि सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषको बैठकले त्यस्ता ब्यक्तिहरुको सरकारी अस्पतालमा निःशूल्क उपचार गराउने पनि निर्णय गरेको छ । 

यस्तै परराष्ट्र मन्त्रालयको प्रस्तावमा आगामी डिसेम्बर ४ मा कोरोना संक्रमणबारे संयुक्त राष्टसंघको विशेष अधिवेशनमा सहभागी हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधि मण्डल गठन भएको छ । 
बैठकले जिल्ला समन्वय समितिको महासंघको भवन निर्माण गर्नका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको छ । 

यस्तै विभिन्न गाउँपालिकाको कार्यालय निर्माणका लागि सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले जानकारी दिए ।  यस्तै बैठकले ३ सहसचिवको बढुवा गर्ने निर्णय गरेको छ । चिया तथा कफि विकास बोर्डको बिनियमावली पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप