शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

आइतबार, १४ मङ्सिर २०७७, १७ : ३३
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । चलचित्र पत्रकार समेत रहेका स्व.पत्रकार पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा श्रेष्ठले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन् ।

कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा भएका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ समेटिएका छन् ।

पुस्तकमा पुष्करलालको देशप्रतिको चिन्ता, माया र अपेक्षाहरु अभिव्यक्त छन् । करिब एक सय देश घुमेका श्रेष्ठले त्यहाँको राम्रो अभ्यास आफ्ना मुलुकमा कसरी ल्याउन सकिएला भन्ने विषयमा पुस्तकमामार्फत राखेका छन् । नेपालमा त्यस्ता राम्रा अभ्यास हुन नसक्नु र मुलुकले समृद्धिको फड्को मार्न नसक्नुका पछाडि नेतृत्व तथा व्यवस्थापनमा देखिएका कमजोरी कारक रहेको विश्लेषण पुस्तकमा समेटिएको छ । 

मानवीय भावना र संवेदनालाई पनि श्रेष्ठले आफ्नो यात्रा वृत्तान्तमा मार्मिक ढंगले समेटेका छन् ।  किताबमा कूटनीतिक सन्दर्भहरु, सरकार र प्रशासनिक निकायहरुलाई सुझाव र सल्लाह पनि छ ।  २०७६ वैशाख ४ गते ६० वर्षको अल्पायुमै दिवंगत भएका श्रेष्ठको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ कुल ३४८ पृष्ठको मोटो गाता (हार्ड कभर)मा प्रकाशित  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप