शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको घटना मिलाउन दबाब दिने वडाध्यक्ष पक्राउ

आइतबार, १४ मङ्सिर २०७७, १७ : ००
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । बलात्कारको घटनाको मिलाउन खोज्ने बैतडीको सिगास गाउँपालिका-३ का वडाध्यक्ष शेर सिंह साउद पक्राउ परेका छन् । सोही वडाको ठुलसैनीका १९ बर्षकी किशोरीलाई डरधम्की देखाइ २१ बर्षका दिपक सिंह धामीले ०७७ जेठ २३ गते बलात्कार गरेको घटना वडाध्यक्षलाई जानकारी गराउदा मिलापत्र गर्न दबाब दिएका थिए । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यलयका प्रवक्ता तथा एसएसपी मुकेश कुमार सिंहका अनुसार वडाध्यक्ष साउदले प्रतिबादीलाई भगाउने र अपराध लुकाउने कार्य गरि मतियारको काम गरेको अनुसन्धानबाट खुलेको छ ।

घटनामा सम्लग्न रहेको आरोपमा मनोज सिंह, अम्मर सिंह, गोपाल सिंह धामी, नर बहादुर धामी र राजेन्द्र सिंह धामी पक्राउ परिसकेको एसएसपी सिंहले रातोपाटीलाई जानकारी दिए । उनीहरुविरुद्ध मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी परेको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप