शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री पौडेलको संसद विकास कोषको रकम स्वास्थ्य क्षेत्रमा खर्च

आइतबार, १४ मङ्सिर २०७७, १६ : २६
आइतबार, १४ मङ्सिर २०७७

रुपन्देही क्षेत्र नम्बर २ का सांसद तथ संघीय अर्थमन्त्री विष्णु पौडेलले यो वर्षको संसद विकास कोषको सबै बजेट स्वास्थ्य क्षेत्रमा लगाएका छन् ।

कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी गनुपर्ने आवश्यकता देखिएपछि पौडेलले संसद विकास कोषको चार करोड रकम स्वास्थ्य क्षेत्रमा लगाएका हुन् ।

गत वर्ष संसद विकास कोषको सबै रकम शिक्षा क्षेत्रमा लगानी गरेका  पौडेलले यो वर्ष भने ४ करोड रुपयाँ स्वास्थ्य क्षेत्रमा लगाएको मन्त्रीका स्वकीय सचिव यमराज पाण्डेयले जानकारी दिए । 

विनियोजन गरिएको बजेट अनुसार रूपन्देहीको शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवम् सुदृढीकरण कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नं. २ लाई १ करोड र पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रम अन्तर्गत  सैनामैना नगरपालिका वडा नम्बर एकलाई पनि १ करोड छुट्याइएको छ ।

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सन्चालन गर्न बुटवल उपमहानगरपालिका वडा नं. ९ लाई ५० लाख, शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. १२ लाई १ करोड ५० लाख छुट्याइएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप