बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ ग्रुपले सुरु गर्यो बिर्तामोडमा तीनतारे होटेल

आइतबार, १४ मङ्सिर २०७७, १५ : ५३
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले झापाको बिर्तामोडमा तीनतारे होटेल संचालनमा ल्याएको छ । होटलको उद्घाटन गर्दै पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले सिद्धार्थ ग्रुपले झापाको बिर्तामोडमा संचालनमा ल्याएको सिद्धार्थ ग्राउण्ड सिटी होटेलले पूर्वी नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताए । 

सिद्धार्थ ग्राण्ड सिटी होटेलको उद्घाटन गर्दै मन्त्री भट्टराईले पश्चिम नेपालको टीकापुरबाट हस्पिटालिटी ब्यवसाय सुरु गरेको सिद्धार्थ ग्रुपले सेवा बिस्तार गर्दै पूर्वी  नेपाल आएकोमा खुशी ब्यक्ति गरे । 

देशैभर होटेल रेष्टुरेन्ट र रिसोर्टहरु संचालन गर्दै सिद्धार्थ गु्रपले पूर्वी नेपालका प्रमुख पर्यटकीय गन्तब्य पाथीभरा, कन्चनजंगादेखि इलामको मनमोहक चिया बगान क्षेत्रमा गुणस्तरिय हस्पिटालिटी सेवा पुर्याउनु पर्ने मन्त्री भट्टराईले बताए ।  

सिद्धार्थ हस्पिटालिटीले झापाको बिर्तामोडस्थित होटल ग्राण्ड सिटीसँग व्यावसायीक साझेदारी गरी सेवा बिस्तार गरेको हो । 

बिर्तामोडको मुख्य बजारमा संचालनमा आएको तीन तारे स्तरीय होटेल ग्राण्डसिटीमा ५१ वटा सुबिधा सम्पन्न कोठाहरु, स्वीमिङ पुल, खुल्ला बगैचा, सेमिनार हल, हेल्थ क्लब र रुफ टप  सहित ५ वटा रेष्टुरेन्ट  रहेका छन ।

बिर्तामोडमा तीनतारे स्तरीय होटेल संचालन गरेर सिद्धार्थ गु्रपले पूर्वी नेपालका प्रसिद्ध पर्यटकिय गन्तब्य साथै भारतको पश्चिम बंगालका पर्यटकहरुलाई आकर्षित गर्ने तयारी गरिरहेको छ ।  सिद्धार्थ गु्रपले देशका एक दर्जनभन्दा बढी प्रमुख शहरहरुमा गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ । 

नेपाली, इन्डियन, कन्टिनेटल, एसियन, चाइनिज लगायतका विभिन्न परिकारका खानाहरु उपलब्ध गराएर सिद्धार्थ गु्रपले खानाका पारखीहरुको मन जित्दै आएको  छ । हस्पिटालिटी फ्रम दि हार्ट (ह्दयदेखि आथित्य सत्कार) भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अगाडि बढि रहेको छ । 

सिद्धार्थ गु्रपको मुख्य बिशेषता भनेकै स्वाद, स्वच्छता र उत्कृष्ट सेवा हो । 

सिद्धार्थ ग्रुपले नेपालको पश्चिमी क्षेत्रमा बसोबास गर्ने पर्यटकलाई पूर्वी नेपालको भ्रमण गराई पुर्बी नेपालको मनमोहक पर्यटकीय गन्तब्यहरुको प्रचारप्रसार देशभरी फैलाउने लक्ष्य राखेको छ ।  

गुु्रपले नेपालगन्जमा चारतारे होटल सहित महेन्द्रनगर, कैलालीको टीकापुर, चिसापानी, सुर्खेत, बुटवल, चितवनको चुम्लिङ्टार, काठमाडौं, ललितपुर लगायतका विभिन्न स्थानमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, क्याफे, ट्राभल, हस्पिटालिटी ट्रेड, कृषी, आइटी कम्पनी लगायतका  बिभिन्न २८ वटा कम्पनी सन्चालन गर्दै आएको छ । 

यस कम्पनीले देशैभरी आफ्नो सेवा विस्तार गरी छिट्टै विदेशमा समेत विस्तार गर्ने तयारी रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

   


   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप