शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुछ्रे बैंकको स्थगित साधारणसभा पुस २ मा हुने

आइतबार, १४ मङ्सिर २०७७, १५ : ५०
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । माछापुच्छ्रे बैंकको  स्थगित भएको वार्षिक साधारणसभा यहि पुष २ गते बस्ने भएको छ । यसअघि बैंकले कात्तिक ६ गतेका लागि साधारणसभा बोलाएको थियो ।  कोरोना भाइरस संक्रमणको त्रास र चाडपर्वका कारण सभा स्थगित गर्ने निर्णय गरेको थियो। 

सभामा बैंकले ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गराउँदै छ भने अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव छ भने साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरिसकेको छ ।असोज २१ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप