बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेलिकप्टरमा चरा ठोक्कियो, नुवाकोटमा आकस्मिक अवतरण

आइतबार, १४ मङ्सिर २०७७, १५ : ३५
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । बागलुङबाट काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टर सर्भिसेज कम्पनीको एक हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरेको छ । बागमती प्रदेशका प्रहरी प्रमुख बसन्त लामाले हेलिकप्टर चरासँग ठोक्किएपछि पाइलटले बेलकोटगढी नगरपालिका वडा नम्बर ६ स्थित झिल्टुङमा आकस्मिक अवतरण गरेको जानकारी दिए ।

चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको  लामाले बताए । हेलिकप्टरमा ६ जना सवार रहेकामा एकजना सामान्य घाइते भएको जानकारी आएको लामाले बताए । हेलिकप्टरमा पाइलटसहित बेलकोट नगरपालिका- ३ का वडाअध्यक्ष वीरजंग भण्डारी, वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल  सवार रहेको खुलेको छ ।

वडाअध्यक्ष भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको लामाको भनाइ छ।  प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप