मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रोयल इन्फिल्डले क्लासिक ३५०सीसीमा ल्यायो दुई नयाँ कलर

आइतबार, १४ मङ्सिर २०७७, १५ : ०९
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । रोयल इन्फिल्ड ब्राण्डले सबैभन्दा लोकप्रिय मोडल क्लासिक ३५०सीसीको सिंगल्स भेरियन्टअन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरु एयरबस ब्लु र स्टर्मराइडर स्याण्ड सर्वजनिक गरेको छ । 

रेट्रो लुक्स र म्याट फिनिस भएको यस मोटरसाइकलमा थप सुरक्षाको लागी डुअल च्यानल एबीएस पनि  रखिएको छ । सुरुवाती दिनहरु देखीनै सफलता हाशिल गर्दै आएको यस रोयल इन्फिल्ड ब्राण्डका मोटरसाइकलहरुले आफ्नो गौरबमय इतिहासलाई निरन्तरता दिँदै यो मोटरसाइकल बजारमा ल्याएको हो ।

नयाँ पिँढीलाई लक्षित गरेर बनाइएको भए तापनी यस मोटरसाइकलले युवा देखी वृद्धसम्म सबैको मन जितिरहेको छ र अझ धेरै मानिसहरुको मनमा बस्ने छ  ।

नेपालका लागि आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्सले आफ्नो १९ वटै साखा तथा डिलरहरुमा क्लासिक ३५०सीसी सिंगल बिक्री प्रवद्र्घन शुरु गर्ने भएको छ ।

बीएस आईभी संस्करण अन्तर्गत रेट्रो लुक्स, म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी डुअल च्यानल एबीएस पनि राखिएको छ र यस्को मूल्य रु. ५,९९,९९९ मात्र राखिएको छ ।

यो मोटरसाइकल एयरबर्न ब्लु र स्टोर्मराइडर स्याण्ड गरि दुई नयाँ आकर्षक रङ्गहरुमा आगामी मंसिर १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिने कम्पनीले जनाएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप