शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोरङमा युवती बलात्कार गर्ने युवक पक्राउ

आइतबार, १४ मङ्सिर २०७७, १४ : ५४
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । मोरङको रंगेलीबाट शारीरिक र मानसिक रुपमा फरक क्षमता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । शनिबार अपरान्ह दुई बजे रंगेली नगरपालिका–५ बहुवान स्थित कदमगाछि टोल बस्ने ती युवतीलाई २५ वर्षका  बौका भन्ने सुरेन्द्र मण्डलले बलात्कार गरेको  जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ 

बौकाले युवती एक्लै भएको मौका पारी धान परालको बोझामा जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले बौकालाई पक्राउ गरेको हो ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप