बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पैसाले मात्रै चल्दैन काम, पार्टनरमा यी पाँच गुण खोज्छन् युवती

आइतबार, १४ मङ्सिर २०७७, १४ : १६
आइतबार, १४ मङ्सिर २०७७

पैसाले मात्रै कुनै सम्बन्धलाई उत्कृष्ट बनाउँछु भनेर कल्पना नगरे पनि हुन्छ । हालै गरिएको एक अनुसन्धानबाट यो कुराको पुष्टि भएको छ । यो शोधका अनुसार महिला आफ्नो पार्टनरमा प्रेमबाहेक थुप्रै गुणको पनि चाहना राख्छन् । महिला आफ्ना पार्टनरमा कस्ता विशेषता खोज्छन्, यसबारे जानकारी लिऔं ।

विनम्रताः

अनुसन्धानमा यो प्रमाणित भएको छ कि महिला आफ्नो साथीमा विनम्रताको गुण चाहन्छन् । महिला आफ्नो पार्टनर असाध्यै सरल स्वभावका होस् भन्ने चाहन्छन् । एक अन्तर्राष्ट्रिय सर्वेक्षणमा धेरैजसो महिलाले आफ्नो पार्टनरमा दया र विनम्रताको भाव देख्न चाहेको बताएका छन् ।

बुद्धिमानीः

महिलाले पार्टनरमा चाहने दोस्रो गुण भनेको बुद्धिमता हो । बुद्धिमानीको अर्थ यहाँ शिक्षा वा डिग्री मात्रै होइन । यस्ता थुप्रै पुरुष छन् जो कुनै राम्रो डिग्री नलिइकनै बुद्धिमान भएर धेरै कुरा हाँसिल गर्ने गर्छन् र महिला यस्ता पुरुषप्रति बढी आकर्षित हुन्छन् ।

उदारताः

उदारता एउटा यस्तो गुण हो जुन आजको समयमा निकै थोरै मानिसहरुमा पाइन्छ । अनुसन्धानमा पाइए अनुसार जुन पुरुषमा उदारताको भाव हुन्छ उनीहरुलाई महिलाले छिटो मन पराउँछन् । उदार पुरुषतर्फ महिला निकै सजिलै आकर्षित हुन्छन् ।

आत्मविश्वासः

आत्मविश्वास एउटा यस्तो गुण हो जसले हरेकको ध्यान आफूतर्फ केन्द्रीत गर्न सफल गर्छ । महिला आत्मविश्वासले भरिएको पुरुषलाई असाध्यै मन पराउँछन् । धेरैजसो महिलालाई यस्ता पुरुष राम्रा लाग्छन् जो देखावटी वा बनावटी हुँदैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप