मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एयरपोर्ट गेटको यो हालत, चिटिक्क बनाउन कसले रोक्यो ? (तस्बिरहरु)

आइतबार, १४ मङ्सिर २०७७, १४ : ०७
आइतबार, १४ मङ्सिर २०७७

नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल हो, त्रिभुवन विमानस्थल भएर उच्चपदस्थ विदेशी पाहुनादेखि पर्यटक र अन्य यात्रुहरुको ओहोरदोहार हुन्छ । हजारौँको ओहोरदोहोर हुने एयरपोर्ट र सो आसपासको क्षेत्र पक्कैपनि सुन्दर र हराभरा हुनुपर्छ । तर त्रिभुवन विमानस्थथलको गेट र सो आसपासको क्षेत्रको दृश्य भने टिठलाग्दो छ । सामान्य मर्मतसम्भार समेत नहुँदा भद्रगोल दृश्यले सम्बन्धित निकायलाई गिज्याइरहेको छ । 

केही दिनअघि मात्रै भारतीय विदेश सचिव नेपाल भ्रमण गरेर फर्किए भने आइतबारमात्रै चिनियाँ रक्षामन्त्री वेई फेंग्हे नेपाल आए । तर,  एयरपोर्ट गेटको दृश्य झूर रह्यो । सौन्दर्यकरणमा कुनै ध्यान दिइएन भने जथाभावी असरल्ल फोहोरका साथै आइल्याण्डहरु पनि फुंग उडेको देखिन्थ्यो । 

विमानस्थल क्षेत्रको यसखालको बेथिति सुधार्न सम्बन्धित निकायको ध्यान कहिले जाला ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप