बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा कोरोना संक्रमतिको संख्या ३३ हजार ८२४ पुग्यो

आइतबार, १४ मङ्सिर २०७७, १३ : १५
आइतबार, १४ मङ्सिर २०७७

एजेन्सी । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४५० जनामा कोभिड १९ को संक्रमण देखिएपछि यहाँ कोरोना भाइरस कुल संक्रमितको संख्या ३३ हजार ९२४ पुगेको छ ।  हालसम्म भएका कुल संक्रमित मध्ये २७ हजार ५४२ जना कोरोना मुक्त भएका पनि यहाँको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 

दक्षिण कोरियामा आन्तरिक रुपमा कोरोना संक्रमण हुनु भन्दा पनि बाहिरी देशबाट आएका व्यक्तिहरुमा भएको संक्रमणका कारण देशभित्रका व्यक्तिहरुलाई सरेको जानकारी दिइदै आएको छ । दक्षिण कोरियामा कोरोना शुरु भएयता हालसम्म यस संक्रमणको कारण ५२३ जनाको मृत्यु भएको छ ।  

कोरोना भाइरस संक्रमणको कारण विश्वमा  छ करोड २५ लाख ८६ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस कोरोना संक्रमणको कारण विश्वमा  १४ लाख ५८ हजार व्यक्तिको मृत्यु भइसकेको छ । संक्रमण भएका मध्ये ४ करोड ३१ लाख ९८ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप