शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कोरियाले दुईजना अधिकारीलाई मृत्युदण्ड दियो, राजधानी बन्द गरायो

आइतबार, १४ मङ्सिर २०७७, १२ : ५९
आइतबार, १४ मङ्सिर २०७७

उत्तर कोरियाली नेता किम जोङ उनले देशलाई कोरोनाभाइरसबाट टाढा राख्न कम्तीमा दुई जनालाई मृत्युदण्ड दिन, समुद्रमा माछा मार्न र राजधानी प्योङ्गयाङ बन्द गर्न आदेश दिएको दक्षिण कोरियाली गुप्तचर एजेन्सीले शुक्रबार जानकारी दिएको छ ।

किमको सरकारले देश बाहिर रहेका आफ्ना कूटनीतिज्ञलाई अमेरिकालाई उत्तेजित बनाउने कुनै किसिमका क्रियाकलाप नगनै आदेश दिएको छ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनको उत्तर कोरियाप्रतिको धारणा प्रति किमको सरकार चिन्तित रहेको त्यहाँका सांसदले बताएका छन् ।

सांसद हा तेई क्यूङले एनआईएससँगको कुराकानीमा किमले असाध्यै रिस देखाइरहेको र महामारी र यसले निम्त्याउने प्रभावप्रति तर्कहिन उपाय अपनाइरहेको बताएका छन् ।

उनलाई उद्धृत गर्दै एनआईएसले दिएको जानकारी अनुसार उत्तर कोरियाले पैसा साट्ने एक उच्च पदस्थ अधिकारीलाई गत महिना मृत्युदण्ड दिन आदेश दिएका थिए । यसका साथै किमले अगस्ट महिनामा पनि एक अधिकारीलाई विदेशबाट निर्यात गरिएका खानामा लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा मृत्युदण्ड दिन आग्रह गरेका थिए । मृत्युदण्ड दिइएका ती दुबैजनाको पहिचान खुलाइएको छैन ।

उत्तर कोरियाले समुद्रमा माछा मार्न र नुन उत्पादनमा पनि रोक लगाएको छ । यसको मुख्य उद्देश्य सम्द्रको पानीलाई भाइरसबाट जोगाउनु थियो ।

यद्यपि, यो प्रतिबन्ध सबै उत्तर कोरियाली पानीमा लगाइएको थियो वा यो अहिलेसम्म पनि लागू छ भन्ने स्पष्ट जानकारी भने छैन ।

उत्तर कोरियाले हालै प्योङयाङ र उत्तरी जगाङ्ग प्रान्तमा कोरोनाभाइरसको डरले लकडाउन लागू गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप