मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जे गरे पनि चाया गएन ? अब यो उपाय अपनाउनुहोस्

आइतबार, १४ मङ्सिर २०७७, १२ : ५५
आइतबार, १४ मङ्सिर २०७७

एजेन्सी – कपाललाई राम्रो बनाउन मानिसहरु विभिन्न प्रकारका उपायहरु अपनाउँछन् । महङ्गो प्रोडक्टस्को प्रयोग, डाक्टरको सल्लाह लिने, आयुर्वेदिक तरिका, घरेलु उपाय लगाउने गर्छन् । तर, कतिपय अवस्थामा जति गरेपनि यसबाट छुटकारा पाउन गाह्रो हुन्छ । 

मुङ्गको दाल
यो दाल फाइबर र प्रोटिनको प्रमुख स्रोत हो । यसले शरीरमा विभिन्न प्रकारका फाइदाहरु पुर्याउँछ । यो दालमा एन्टिअक्सिडेन्ट, एन्टिमाइक्रोबियल, एन्टीइन्फ्लामेटरी, एन्टिडायबिटिक, एन्टीहाइपरटेन्सिव र एन्टिट्युमर जस्ता गुणहरु पाइन्छ । जसले विभिन्न रोगहरु लाग्नबाट बचाउँछ । यसले छालाका विभिन्न रोगबाट बचाउने र कपाललाई बलियो बनाउँछ । 

१. चाया
हरियो मुङ्गको दाल कपालमा आउने चायाका लागि सबैभन्दा राम्रो समाधान मानिन्छ । कहिले काँही कपालमा आउने चाया बर्षौँसम्म नजाने भएकाले जति कोसिस गरे पनि जाँदैन । त्यसैले यो दालको ‘हेयर मास्क’ बनाएर लगाउनुपर्छ । जसले कपालको छालासम्म सफा गर्ने र कपालको समस्या हटाउँछ ।

हरियो मुङ्गको दालको पाउडर बनाउने, त्यसमा कागती र अदुवा मिसाउने र पानी हालेर पेस्ट बनाउने । उक्त पेस्ट कपालको जरामा लगाउने र ३० मिनेटपछि पखाल्ने । 

२. कपालको जरामा हुने इन्फेक्सन 
मुङ्गको दाल उमालेर पिस्ने, यसमा शिकाकाई पाउडर, करी पत्ताको पाउडर, हिबिस्कसको पाउडर र अखरोटको पाउडर मिसाउने र यसलाई स्याम्फुको रुपमा प्रयोग गर्ने ।

३. कपाल झर्ने
मेथी र मुङ्ग दाललाई रातभर भिजाउने, त्यसपछि बिहान यसको पेस्ट बनाउने, र उक्त पेस्ट कपालको जरामा लगाउने र १५ देखि २० मिनेटसम्म लगाएर धुने । 

कपाल झर्ने समस्यामा यो उपाय निकै लाभदायक हुन्छ । मुङ्गको दाल र मेथीले कपाल बढाउने र कपालको जरामा हुने इन्फेक्सन हटाउन मद्दत गर्छ । मेथीको दानामा निकोटोनिक एसिड, प्रोटिन र लेसिथिन हुन्छ । लेसिथिनले कपाललाई मजबुत बनाउँछ । र कपाललाई मोस्चराइज पनि गर्छ । यसमा हुने निकोटोनिक एसिड र नियासिन ब्लड सर्कुलेशनले कपाल झर्ने समस्या कम गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप