पाल्पामा ‘परदेशी २’
आइतबार, १४ मङ्सिर २०७७, ११ : ३१
काठमाडौं । ‘परदेशी २’ सुटिङका लागि पाल्पा पुगेको छ । कोरोना महामारीका कारण गत बर्षको चैत्रमा रोकिएको फिल्मको सुटिङ फेरि सुरु भएको हो ।
केही दिनको काठमाडौ छायाँकन पछि फिल्म युनिट सुटिङका बिहिबार पाल्पा पुगेको हो ।
दीलिप रायमाझी, प्रकाश सपुत, प्रशान्त तामाङ, केकी अधिकारी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको मुख्य भुमिका रहेको फिल्म पाल्पाको माथागढीको झडेवा, कसेनी लगायतका स्थानमा छायाँकन हुने निर्देशक नारायण रायमाझीले बताए ।
१७ गतेसम्म फिल्मको छायाँकन पाल्पामै हुने बताइएको छ ।
लकडाउन अघि ७० प्रतिशत छायाँकन सकिएको फिल्मको अहिले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर बाँकी छायाँकन गर्न लागिएको हो । रमेश विजीको लेखन, निर्देशक रायमाझी र राजेश वंशलको निर्माण फिल्ममा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा