शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुईनाल बन्दुकसहित पाँच पक्राउ

आइतबार, १४ मङ्सिर २०७७, ०९ : ४४
आइतबार, १४ मङ्सिर २०७७

नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । 

उनको अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङसहित १७ वर्षीय दुई र १५ वर्षीय एक किशोर रहेका छन् । 

उनीहरुले बन्दुक प्रयोग गरेर लामो समयदेखि सिकार गर्नेहरुको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले जङ्गलबाट रङ्गेहात पक्राउ गर्न सफल भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप