शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एसोसिएटतर्फ उपाध्यक्षमा रामचन्द्र संघाई विजयी, प्रधान समूहका सौरभ ज्योति पराजित

आइतबार, १४ मङ्सिर २०७७, ०३ : १४
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट समूहतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई विजयी भएका छन् । 

कडा प्रतिस्प्रर्धाका बीच संघाईले प्रतिद्वन्द्वी किशोर प्रधान प्यानलका सौरभ ज्योतिलाई जम्मा २१ भोटले पराजय गरेका हुन् । 
कुल ९०३ मतदातामा जम्मा ८ सय ९० खसेकोमा ज्योतिले ४३४ मत पाउदा संघाईले ४५५ मत पाएका हुन् । 

विजयी संघाई चन्द्रप्रसाद ढकाल प्यानलका हुन् ।

उपाध्यक्षमा छिनोफानो भएपनि एसोसिएटतर्फको अरु मत परिणाम आउन बाँकी छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप