बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६ करोड २० लाख नाघ्यो

शनिबार, १३ मङ्सिर २०७७, २३ : ४७
शनिबार, १३ मङ्सिर २०७७

एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६ करोड २० लाख नाघेको छ । कोरोना संक्रमणको तथ्याँक सार्वजनिक गर्दै आएको वल्ड्रो मिटरका अनुसार अहिले विश्वमा ६ करोड २३ लाख १४ हजार ८ सय १९ जना कोरोनाबाट संक्रमित भइसकेका छन् ।  त्यस्तै विश्वमा उक्त संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ । पछिल्लो तथ्याँकअनुसार विश्वभर १४ लाख ५४ हजार ७ सय ५४ जनाको संक्रमणबाट मृत्यु भैसकेको छ ।

त्यस्तै विश्वभर संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या ४ करोड ३० लाख २८ हजार २ सय ६९ पुगेको छ । महामारीबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा संक्रमणबाट २ लाख ७१ हजार १ सय ९२ जनाको मृत्यु भैसकेको छ भने १ करोड ३४ लाख ८२ हजार ५ सय ८५ जना संक्रमित भैसकेका छन् । अमेरिकामा ७९ लाख ५० हजार ५ सय ६६ जना संक्रमणमुक्त भएका छन् । अमेरिकापछि भारत, ब्राजिल, रसिया, फ्रान्स, स्पेन, बेलायत लगायतका मुलुकहरु बढी प्रभावित छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप