
अझै सुरु भएन वरिष्ठ उपाध्यक्षतर्फको मतगणना

नेपाल उद्योग वाणिज्य महासंघको सबैभन्दा महत्वपूर्ण र चासोका साथ हेरिएको पद वरिष्ठ उपाध्यक्षतर्फको मतगणना अझै सुरु भएको छैन ।
अरु पदको मतगणना सकिएपछि मात्रै वरिष्ठ उपाध्यक्ष पदको मतगणना हुने निर्वाचन समितिले जनाएको छ । अब अरु पदको मतगणना अन्तिम चरणमा पुगेकाले लगत्तै सो पदको पनि सरु हुने बताइएको छ ।
अहिले एसोसिएटतर्फको मतगणना भइरहेको छ भने वस्तुगत र जिल्ला/ नगरको सबै मत गणना सकिएको छ । एसोसिएट तर्फको १९ सदस्यका लागि मतगणना भइरहेको हो । चाँडो मत गणनाका लागि तीन ठाउँमा बाढेर मतगणना भइरहेको छ ।
वरिष्ठ उपाध्यक्ष पदमामा किशोर प्रधान र चन्द्र ढकालको उम्मेदवारी रहेको छ भने पदाधिकारी चयनका लागि आजै मतदान भएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ