शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको घर झगडामा बाबुरामको चासो–ओलीमा अहँकार प्रष्टै झल्कियो

शनिबार, १३ मङ्सिर २०७७, २२ : ५५
शनिबार, १३ मङ्सिर २०७७

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरका छन् । नेकपाभित्रको घर-झगडाप्रति लक्षित भएर पटक पटक अभिव्यक्ति दिँदै आएका भट्टराईले बुधबारको सचिवालयमा ओलीले प्रस्तुत गरेको प्रस्तावमा उनले अहँकार प्रस्तुत गरेको उल्लेख गरेका छन् । 

‘ओलीको ५३–बुॅदे दस्तावेज पढ्दा इतिहासका सबै निरंकुश, फासिष्ट शासकझैं आफूबाट कहिल्यै कुनै गल्ती–कमजोरी हुननसक्ने र आफ्नो शासनकाल स्वर्णयुग नै रहेको अहंकार प्रष्टै झल्कियो।अब अरूकोनिम्ति यो प्रवृत्तिविरूद्ध निर्णायक संघर्ष गर्ने कि आत्मसमर्पण गर्ने भन्दा अर्को विकल्प देखिएन है !’ भट्टराईले ट्वीटरमार्फत टिप्पणी गरेका छन् । 

सचिवालय बैठकमा नेकपा अध्यक्ष समेत रहेका ओलीले यसअघि अर्का कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावमा आफूमाथि लगाइएको आरोपको जवाफ समेटिएको छ । सो जवाफमा ओलीले प्रचण्डको कडा आलोचना गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप