शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शङ्खमूलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

शनिबार, १३ मङ्सिर २०७७, २२ : १६
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौँको शङ्खमूलमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । 

कोटेश्वरबाट कोरिडोर सडक हुँदै शङ्खमूलतर्फ आउँदै गरेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३­०२­००६ प ८८०० नम्बरको मोटरसाइकल ठक्कर खाँदा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

साँझ ६ः४५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका कोटेश्वर निवासी २२ वर्षीय सुदीप तिमिल्सिनाको नागरिक अस्पताल बानेश्वरमा उपचारका क्रममा ७ः२५ बजे मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए । 
अर्काे मोटरसाइकलमा सवार सानु खान घाइते रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको बानेश्वर प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप