बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यमनी सरकार पक्षधर सैनिक र हुथी विद्रोहीबीच भिडन्त, १३ को मृत्यु

शनिबार, १३ मङ्सिर २०७७, २२ : ०६
शनिबार, १३ मङ्सिर २०७७

 यमनी सरकार पक्षधर सैनिक र हुथी विद्रोहीबीच शनिबार भिडन्त हुँदा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको सैनिक स्रोतले पुष्टि गरेको छ ।

अभियान प्रान्तमा भएको उक्त भिडन्तमा सरकारी सैनिक र दक्षिणी क्षेत्रलाई स्वतन्त्र बनाउने माग गर्दै आएको ‘साउदर्न ट्रान्जिसनल काउन्सिल’ (एसटीसी) समूहबीच भएको झडपमा कम्तीमा आठ विद्रोही सैन्य लडाकू र पाँच सरकारी सैनिक अधिकारीको मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।

एसटीसीहले पनि आफ्नोतर्फका आठ लडाकूको मृत्यु भएको पुष्टि गरेको छ ।

यमनको दक्षिणी क्षेत्रमा इरानको समर्थन प्राप्त हुथी समूहसँगको लडाईमा एसटीसीले संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त सरकारसँग सहकार्य गरे पनि दक्षिण यमनको स्वतन्त्रताको माग राख्दै आएको छ । यमनमा हुथी समूहलाई अन्य समूहले साझा दुश्मनका रूपमा हेर्दै आएका छन् ।

एसटीसी र सरकारबीच लामो प्रयासपछि सत्ता गठबन्धनका लागि भएको सम्झौताबाट एसटीसी फिर्ता भएको उक्त समूहले गत अगस्टमा घोषणा गरेको थियो ।

सन् २०१९ को डिसेम्बरमा गरिएको सम्झौताल,े यमनको उत्तरी क्षेत्र जसलाई इन्धनका लागि धनी मानिन्छ, मा प्रभाव जमाउँदै आएको इरानको समर्थन प्राप्त हुथी समूहविरुद्धको सहकार्यलाई सुनिश्चितता गर्ने अनुमानबीच एसटीसी सरकारसँगको वार्ताबाट भागेको हो ।

यमनमा हुथी विद्राही र अन्य विद्रोहीविरुद्धको लडाईमा साउदी अरबको सैन्य सहयोगमा संयुक्त राष्ट्र संघबाट मान्यता प्राप्त सरकारको नेतृत्वमा शान्ति स्थापनाको प्रयास गरिएपनि त्यसो हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप