काठमाडौं उपत्यकामा कति पुगे कोरोना संक्रमित ?
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जनामा संक्रमण पुष्टि भएको छ। जसमा महिला २५८ र पुरुष ३६० जना रहेका छन् । यससँगै काठमाडौंमा कुल संक्रमित ८६ हजार ८५६ जना पुगेकोमा हाल ८ हजार ३९ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै भक्तपुरमा कुल संक्रमित ७ हजार १०४ जना रहेकामा सक्रिय संक्रमित ६३२ जना रहेका छन् भने ललितपुरमा कुल संक्रमित १३ हजार ८८ जना रहेकोमा हाल सक्रिय संक्रमित १६ सय २६ जना रहेका छन् ।
बितेको २४ घण्टामा देशभर भने १३८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १९ जनाको मृत्यु समेत भएको छ । मन्त्रालयका अनुसार यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ भने मृतकको संख्या १४५४ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ५१५ निको भएपनि कुल निको हुने संख्या २ लाख ११ हजार १८६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा