शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न काँग्रेसको आग्रह

शनिबार, १३ मङ्सिर २०७७, १९ : १५
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ ।

वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको भनेर नेपाली काँग्रेसले व्यक्त गरी आएको समीक्षालाई अन्ततः ट्रान्सपरेन्सी इन्टरनेसनलको ताजा प्रतिवेदनले पुष्टि गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा  शनिबार जारी विज्ञप्तिमा उल्लेख छ । 

पछिल्लो एक वर्षमा एसियाली मुलुकहरूमध्ये नेपालमा धेरै भ्रष्टाचार बढ्नु दुःखद् भएको र भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा आउनु देशकै लागि लज्जास्पद रहेको काँग्रेसको ठहर छ ।

वाइडबडी, बालुवाटार, यतीदेखि सेक्युरिटी प्रिन्टिङ प्रेस हुँदै स्वास्थ्य सामग्री खरिदसम्ममा भएको भ्रष्टाचार प्रकरणउपर निष्पक्ष छानबिन र कारबाहीका लागि काँग्रेसले विगतदेखि नै संस्थागत निर्णयहरुका साथ माग राख्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘भ्रष्टाचारीको अनुहारसम्म हेर्दिनँ’ भनेर अभिव्यक्ति दिने अनि भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिएको काँग्रेसले आरोप छ ।

भ्रष्टाचारविरुद्ध उठेका आवाजलाई पूर्वाग्रहपूर्ण देख्ने प्रवृत्तिले मुलुकमा झनै बेथिति र भ्रष्टाचार बढाउने अनुमान गर्न सकिने काँग्रेसको ठहर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप