शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२४ घण्टामा १३८० संक्रमित थपिए, १९ को मृत्यु

शनिबार, १३ मङ्सिर २०७७, १९ : ०९
शनिबार, १३ मङ्सिर २०७७

बितेको २४ घण्टामा देशभर  १३८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १९ जनाको मृत्यु समेत भएको छ । मन्त्रालयका अनुसार यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ भने मृतकको संख्या १४५४ पुगेको छ । 

यस्तै बितेको २४ घण्टामा थप ५१५ निको भएपनि कुल निको हुने संख्या २ लाख ११ हजार १८६ पुगेको छ । 
यसैगरी हाल देशभर सक्रिय संक्रमित १८ हजार ८३ जना रहेका छन् भने निको हुने दर ९१.५ प्रतिशत रहेको छ । 

यसैबीच बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६५४ जनामा संक्रमण पुष्टि भएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप