बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेताहरुको जीवनशैलीमाथि ओलीको प्रश्न : म तयार छु, तपाईं यसमा तयार हुनुहुन्छ ?’

बाइडबडी, सुन तस्करी र ललिता निवास प्रकरणबारे सवैलाई थाहा छ
शनिबार, १३ मङ्सिर २०७७, १७ : १७
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही केसहरुमा प्रचण्डले आफूलाई जबर्जस्ती जोड्ने धृष्टता गरेको भन्दै त्यसलाई पूर्वाग्रहको संज्ञा दिएका छन् । 
प्रचण्डको प्रस्तावमा भनिएजस्तै भ्रष्टाचारसम्बन्धी विषयमा ओलीले वाइडबडी भनिने ‘एयरबस ३३०’ खरिद गर्दा सरकारमा को थियो ? भनेर प्रश्न गरेका छन् । त्यस्तै उनले ३८ क्विन्टलभन्दा बढी सुनको तस्करी हुँदा को सत्तामा थियो ? ललितानिवास प्रकरण कहिलेबाट र कोको हुँदै अगाडि बढेको थियो ? सबै स्पष्ट छैन र ? भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् । 

उनले आफ्नै देशमा सुरक्षण मुद्रण प्रेस स्थापना गरेर डाटाहरुको सुरक्षा र वर्षेनी अर्बौंको स्रोत बाहिरिरहने अवस्था नियन्त्रण गर्न केही नीतिगत काम अगाडि बढेपनि  यस विषयमा कुनै सम्झौता नभएको प्स्ट पारेका छन् । 
‘सम्झौतै नभएको विषयमा मलाई जोड्नु भनेको हद दर्जाको पूर्वाग्रह मात्रै हो । नेपाल ट्रस्ट मातहत रहेका सम्पत्तिहरुको व्यवस्थापनका लागि संसदबाट ऐन बनाइएको छ । विगतमा निकै सस्तो मूल्यमा लिजमा दिइएका सम्पत्तिहरुलाई व्यवस्थित मूल्याङ्कन गराएर पारदर्शी ढङ्गले लिजमा दिने प्रक्रिया अगाडि बढाइएको छ’ओलीले भनेका छन्, ‘तपाईंको असन्तुष्टि कतै तपाईँ निकट कुनै व्यापारिक घरानाको स्वार्थ पूरा नहुँदाको चिन्ता त होइन ?’
ओलीले स्वास्थ्य सङ्कटका बेला केही स्वास्थ्य सामग्री खरिदमा जोडिएको ओम्नी समूहका बारेमा अख्तियार र अदालतले अनुसन्धान अगाडि बढाइरहेकै भन्दै नियमसम्मत ढङ्गले सार्वजनिक खरिद गर्नु पर्ने अधिकारीले गरेको खरिदमा अनियमितता भएको रहेछ भने दोषीले उन्मुक्ति नपाउने जनाएका छन् । 


सम्झौता गर्नेहरुलाई चोख्याउने र त्यसको उत्खनन गरेर कार्बाहीको दायरामा ल्याउनेलाई चााहिँ दोषी बनाउने ? भन्दै विगतदेखिका अनेकौँ काण्डहरुमा वर्तमान सरकारलाई जबर्जस्ती मुछेर गरिने भ्रमपूर्ण प्रचारका पछाडि कसको हात छ भन्ने कुरा क्रमशः खुल्दै जाने बताएका छन् । 

उनले नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरुको जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरुको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी भएको भन्दै आफु यस विषयमा केही नबोले पनि दुनियाँको मुख थुन्न नसकिने भन्दै प्रचण्डको जीवनशैलीमाथि प्रश्न उठाएका छन् । ‘यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु । तपाईं यसमा तयार हुनुहुन्छ ?’, ओलीको प्रश्न छ ।

ओलीले नेपालको विदेश नीति स्पष्ट भएको भन्दैसंविधानको मार्गदर्शन, राष्ट्रिय हित, संयुक्त राष्ट्र सङ्घको बडापत्र, असङ्लग्नता, पञ्चशीलताका सिद्धान्त विदेश नीतिका मुख्य मार्गदर्शक भएकाले सार्वभौम समानता, पारस्परिक लाभ र सम्मान हाम्रो वाह्य सम्बन्धका आधार भएको प्रष्ट पारेका छन् । 

उनले नाकाबन्दीको तहमा झरेको भारतसँगको सम्बन्ध नयाँ आर्थिक साझेदारीको स्तरमा उठेको, भारतसंगको सहकार्य र समझदारीले उचाई लिएको तथा चीनसँग ‘हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल’ मार्फत् नयाँ विकास साझेदारी निर्माण भएको भन्द यी प्रतिनिधिमूलक उपलब्धिहरुलाई वेवास्ता गर्दै विदेश सम्बन्ध खत्तम पारेको आशयको आक्षेप लगाउन कसरी मिल्छ ? भनेर प्रश्न गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप