बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको प्रतिवेदनमा के छ ? नारायणकाजीले दिए यस्तो जवाफ

शनिबार, १३ मङ्सिर २०७७, १५ : ३१
शनिबार, १३ मङ्सिर २०७७

निकै महत्त्वका साथ हेरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका हुन् । 
प्रस्तावमा ओलीले आफ्नो प्रस्ताव सचिवालय बैठकमा प्रचण्डसहितका सबै सदस्यहरुलाई खाममा राखेर वितरण गरेका थिए । 

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवेदन खाममा राखेर दिइएको र त्यो अध्ययन गर्न बाँकी रहेको बताए । प्रचण्डले उठाएका सवालको जबाफ, सरकार र पार्टी सञ्चालनका साथै विविध विषय ओलीको प्रस्तावमा समेटिएको बताइएको छ । 

प्रवक्ता नारायणकाजी श्रेष्ठले अब दुबै प्रतिवेदनमाथि छलफल हुने जानकारी दिए । दुबै प्रतिवेदन अध्ययन गरेर आगामी मंसिर १६ गतेका लागि अर्को बैठक तय भएको र सो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने उनको भनाइ छ । 

आजको बैठकमा ओली, प्रचण्डसहित सचिवालयका ४ नेताले आफ्नो धारणा राखेको बताइएको छ । उनीहरुले पार्टीभित्र विवाद देखिएपनि फुटिनहाल्ने धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप