शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलमाथि वैज्ञानिक हत्याको आरोप, बदला लिने इरानको घोषणा

शनिबार, १३ मङ्सिर २०७७, १४ : २३
शनिबार, १३ मङ्सिर २०७७

इरानले आफ्ना वरिष्ठ आणविक वैज्ञानिक मोहसेन फक्रिजादेहको हत्या गरको आरोप इजरायलमाथि लागेको छ । शुक्रबार तेहराइन नजिकै अब्सर्दमा भएको आक्रमणपछि फक्रिजादेहलाई अस्पताल लगिएको थियो, जहाँ उनको मृत्य भयो । 

इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामिनेईका सैन्य सल्लाहकार हुसैन देग्घानले इजरायलमाथि आक्रमण गरिने बताएका छन् । यसअघि, ६१ वर्षीय फक्रिजादेह गोप्य रुपमा सञ्चालित इरानी आणविक हतियार कार्यक्रमका मुख्य व्यक्ति रहेको पश्चिमा गुुप्तचार निकायहरुका ठहर थियो । इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि रहेको दाबी गर्दै आएको छ । इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफले विश्व समुदायसँग हत्याप्रयासको निन्दा गर्न माग गरेका छन् । ‘आतंकवादीहरुले प्रसिद्ध इरानी वैज्ञानिकको हत्या गरे,’ उनले ट्वीटरमा लेखेका छन् । 

संयुक्त राष्ट्रसंघका ईरानी दूत मजिद तख्त राभान्चीले मध्यपूर्व क्षेत्रमा अस्थिरतामा निम्त्याउनेगरी अन्तर्राष्ट्रिय काूनन उल्लंघन गर्दै हत्या गरिएको जनाएका छन् । विदेशमन्त्री जरिफले यस घटनामा ईजरायलको संलग्नता रहेको गम्भिर संकेत मिलेको दाबी गरेका छन् । यद्यपी, इजरायलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप